नियम २७
जीवनाशक विषादीको गुणस्तर परीक्षण गराउन सक्ने
(१) केन्द्रले नेपालभित्र पैठारी हुने जीवनाशक विषादीको गुणस्तर परीक्षण गर्न आवश्यक देखेमा त्यस्तो विषादीको गुणस्तर _ परीक्षण गर्न सम्बन्धित पैठारीकर्तालाई लेखी पठाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको परीक्षण. गर्न लेखी आएमा सम्बन्धित पैठारीकर्ताले जीवनाशक विषादीको गुणस्तर परीक्षण गरी सोको जानकारी केन्द्रलाई दिनु पर्नेछ र त्यस्तो परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पैठारीकर्ताले व्यहोर्नु पर्नेछ।